विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा वादविवाद तथा संवाद कार्यक्रम: अनिता र उपसना प्रथम

पाेखरा | भदौ ७, २०८१

विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा वादविवाद तथा संवाद कार्यक्रम: अनिता र उपसना प्रथम

पोखरा:   पोखरा महानगरपालिका–१ मोहरियाटोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत नेपाली वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । 


‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस  विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत नेपाली वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको हो । 

 
वादविवाद कार्यक्रममा मा.वि.तहमा कक्षा १० की छात्रा अनिता बि.क. प्रथम, कक्षा ९ की छात्रा प्रशंसा कार्की द्वितीय, सोही कक्षाका छात्राहरु क्रमशः ममता गुरुङ तृतीय र अंशु भुजेल सान्त्वना भए । 


यस्तै आधारभुत (सिनियर) तर्फ कक्षा ७ की छात्रा उपासना रेग्मी प्रथम, कक्षा ६ की छात्रा सबिता सुनार द्वितीय र सोही कक्षाका छात्रहरुद्वय आदित्य लम्साल र पेरिस पौडेलले सान्त्वना स्थान प्राप्त गरे ।

 
यस्तै आधारभुत (जुनियर) तर्फको संवाद प्रतियोगितामा कक्षा ४ का छात्राहरु दिया क्षेत्री र युनिका खनाल प्रथम, कक्षा ३ का छात्राहरु सुजिता बाल्कोटी र सइसा तामाङ द्वितीय, कक्षा ५ का छात्राहरु आकृति पाण्डे र कृष्टन जोशी तृतीय र कक्षा २ का छात्राहरु एञ्जिला थापा र इभानी बास्तोलाले सान्त्वना स्थान गरे । 


विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाईतर्फ लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमले सहयोग हुने बताए ।

 
छुट्टाछुट्टै भएको यस कार्यक्रमको निर्णायक मण्डलमा शैक्षिक प्रमुख होमराज अधिकारी र नेपाली शिक्षिकाद्वय माया क्षेत्री तथा शर्मिला शर्मा थिए भने कार्यक्रमको सञ्चालन आधारभूत तहमा उर्मिला परियार र मा.वि. तहमा अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गरेका थिए । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्